वृत्ति

Romanized: vritti, writti, britti, wrtti

जीवननिर्वाह गर्नका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जीवननिर्वाह गर्नका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर ।
२.
जीवनको भरणपोषणको साधन; जीविका ।
३.
जीवननिर्वाहका निम्ति कसैलाई दिइने धन; भत्ता ।
४.
जेहेन्दार, गरीब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायतास्वरूप दिइने रकम।
५.
कुनै काम गरेबापत पाइने धन; पारिश्रमिक; ज्याला; मजदुरी।
६.
चालचलन; आचरण।
७.
कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या; टीका।
८.
व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य।
९.
सोझै र घुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
१०.
रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गरिने शैली (कैशिकी, भारती, सात्वती र आरभटी)।
११.
परुषा, कोमला र उपनागरिका यी तीन वर्णगत वृत्ति।

सम्बन्धित शब्दहरू