व्रत
Romanized: vrat, wrata, wrat, brata
शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि।
२.
देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम।
३.
नियतकालका निम्ति वा सधैं केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन।