शिक्षा
Romanized: shikshaa, shiksha, shiksaa, sikshaa
विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम; ज्ञान दिने वा लिने काम; विद्या।
२.
सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध।
३.
कुनै कुराको उचित तालिम वा अर्तीउपदेश।
४.
वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड।