शृङ्गार
Romanized: shringgaara, shringgaar, shringgara, sringgaara
शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिँगार्ने काम; सजावट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिँगार्ने काम; सजावट ।
२.
शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिंदुर, गाजल, लिपिस्टिक आदि लाउने काम; सिँगारपटार ।
३.
शोभा बढाउने वस्तु; सिँगार गर्ने साधन ।
४.
काव्यमा वर्णित नौ प्रकारका रसमध्ये पहिलो र रति स्थायी भाव, नायकनायिका आलम्बनविभाव आदि हुने एक रस। (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुई किसिमको हुन्छ)।
५.
सम्भोगको इच्छा; रसिकता; प्रेम।