सँभाल्नु

Romanized: sambhaalnu, sanbhaalnu, sanbhalnu, shambhaalnu

छरिन, भत्किन, बिग्रन आदिबाट बचाउनु; सम्भार पुऱ्याउनु; सुरक्षा गर्नु; स्याहार गर्नु; समाल्नु; समार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत संहल+नु]

१.
छरिन, भत्किन, बिग्रन आदिबाट बचाउनु; सम्भार पुऱ्याउनु; सुरक्षा गर्नु; स्याहार गर्नु; समाल्नु; समार्नु।
२.
जोगाएर वा बचाएर राख्नु; बचाउनु।
३.
भरणपोषण वा पालनपोषण गर्नु; पाल्नु।
४.
हेरचाह गर्नु; रेखदेख गर्नु।
५.
कुसङ्गत वा खराब लतमा परेर बिग्रन लागेकालाई नियन्त्रित गर्नु।
६.
महत्त्वपूर्ण कार्यको भार बोक्नु; उत्तरदायित्व वहन गर्नु।
७.
भीर, अक्कर आदि ठाउँबाट खस्न वा लड्न लागेकालाई बचाउनु।
८.
कुनै कामकुराको प्रबन्ध मिलाउनु; व्यवस्थाको चाँजोपाँजो गर्नु।
९.
घरगृहस्थीको काम वा सभा, संस्था आदिको राम्रो सञ्चालन गर्नु।

सम्बन्धित शब्दहरू