संस्कृत
Romanized: samskrita, sanskrita, samskrit, sanskrit
संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत।
२.
शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधित।
३.
साजसज्जा गरिएको; अलङ्कृत।
४.
पकाईतुल्याई तयार गरिएको (खानेकुरो)।
५.
(नाम)
पूर्वीय आचार्यहरूले ज्ञानगरिमा, साहित्य, वेदोपनिषद् आदि अनेक विषयहरूको सृजन गरेको, आर्यहरूको प्राचीन भाषा; देववाणी।
६.
पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका वर्ण वा शब्द।