संस्था
Romanized: samsthaa, sansthaa, sanstha, samsth
राम्रोसित स्थायी किसिमले रहने काम; ठहराइ; बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रोसित स्थायी किसिमले रहने काम; ठहराइ; बसाइ।
२.
कुनै धर्म, सङ्गठन, समाज, राजनीति आदिको प्रचारप्रसार वा लोकहितका उद्देश्यले गठन गरिने सार्वजनिक सभा; सङ्घ।
३.
सरकारी वा गैरसरकारी कार्यालयहरूमा काम गर्ने व्यक्तिहरूको सामूहिक हितका निम्ति तयार भएको सङ्गठित समुदाय।
४.
व्यावसायिक दृष्टिले कुनै खास नियम तथा सिद्धान्तअनुसार काम गर्ने कुनै सङ्गठित दल वा वर्ग (जस्तो- सहकारी संस्था, साझा संस्था इ.)।