सङ्घ

Romanized: sanggha, sanggh, shanggha, sangh

कुनै विशेष उद्देश्यको पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशेष उद्देश्यको पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह; कुनै विशेष सिद्धान्त, नियम आदिमा आधारित संस्था।
२.
समूह; मण्डली; जमात।
३.
बौद्ध भिक्षुहरूको मठ वा समाज।
४.
प्राचीन कालमा प्रचलित एक प्रकारको प्रजातान्त्रिक पद्धति।
५.
परराष्ट्रनीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको सङ्गठन वा एकाइ।

सम्बन्धित शब्दहरू