सङ्घर्ष

Romanized: sanggharsha, sanggharsh, sanggharsa, sangharsha

दुई वा त्यसभन्दा बढी व्यक्ति, दल वा शक्ति बिचमा हुने स्पर्धा; टक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई वा त्यसभन्दा बढी व्यक्ति, दल वा शक्ति बिचमा हुने स्पर्धा; टक्कर।
२.
कुनै विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास।
३.
रगडिने वा घोटिने काम।
४.
भिडिने काम; घम्साघम्सी; भिडन्त।
५.
परस्परको हानथाप वा होड; प्रतियोगिता।
६.
दुई थरीका बिचको पेलाइ, ठेलमठेल ।

सम्बन्धित शब्दहरू