सत्य

Romanized: saty, shatya, shaty, satya

जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ।
२.
पत्याउन सकिने; विश्वस्त; इमान्दार।
३.
सद्गुणसम्पन्न; धर्मात्मा।
४.
(नाम) सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग।
५.
पुराणअनुसार पृथ्वीउँभोको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक ।
६.
वास्तविक वा प्रामाणिक सिद्धान्त।
७.
साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन।
८.
कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा।
९.
कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते।

सम्बन्धित शब्दहरू