सधाउनु
Romanized: sadhaaunu, shadhaaunu, shadhaunu, sadhaunu
कुनै काममा तालिम गर्नु वा शिक्षा दिई त्यसैअनुसार काम गर्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [साध्+आउ+नु]
१.
कुनै काममा तालिम गर्नु वा शिक्षा दिई त्यसैअनुसार काम गर्ने बनाउनु।
२.
शिल्प आदि कार्यमा हात बसाउनु।
३.
घोडा, हात्ती, गोरु आदि पशुलाई आफूले चाहेअनुसार हिँड्ने वा काम गर्ने पार्नु।
४.
कुनै काममा लाग्न जिउलाई बानी पार्नु; सुधार्नु।
५.
पुरानो वा बिग्रेको वस्तुलाई नयाँ वा काम लाग्ने बनाउनु; सच्याउनु।
६.
लगानीमा गएको वा डुबेको धन उठाउनु।