समानान्तर
Romanized: samaanaantara, samaanaantar, samaanantara, samanaantara
दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर।
२.
रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय।
३.
केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी।
४.
पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था)।
५.
कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको।