साज
Romanized: saaja, saaj, saj, shaaja
साज (saaja) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साज(१)
(नाम [संस्कृत सर्ज])
1.
सालका जस्ता पात र खैरा गोल फल फल्ने, गाईबस्तुलाई डाले घाँसका रूपमा खुवाइने एक जातको वृक्ष।
साज(२)
(नाम [फारसी साज])
१..
कुनै विशेष काममा उपयोग गरिने सरसामान; सामग्री।
२..
कुनै व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन; शृङ्गारको सामग्री।
३..
सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि)।
४..
सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री। प.
५..
(स.)
कुनै वस्तुवाचक नामका पछाडि जोडिएर 'त्यो वस्तु बनाउने वा मर्मत गर्ने' भन्ने अर्थ बुझाउने शब्द (जस्तो- घडीसाज, जिल्दसाज आदि)।