साध्नु

Romanized: saadhnu, shaadhnu, shadhnu, sadhnu

साध्नु (saadhnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

साध्नु(१)

(सकर्मक क्रिया [संस्कृत साध्+नु])
१..
लामो समयसम्मको साधनाद्वारा मन्त्र, विद्या आदिको सिद्धि प्राप्त गर्नु।
२..
लामो प्रयास र साधनाद्वारा दुस्साध्य वस्तुलाई वशमा पार्नु; अधीनमा ल्याउनु।
३..
नियमपूर्वकको प्रयास र अभ्यासद्वारा सफलता प्राप्त गर्नु; कुनै काम फत्ते पार्नु; सिद्ध गर्नु।
४..
व्याकरणअनुसार कुनै शब्दको प्रकृतिप्रत्यय देखाई सूत्रहरूका नियमद्वारा प्रचलित रूप बनाउनु।
५..
कुनै विषयसँग सम्बन्धित सिद्धान्तलाई नियमानुसार प्रमाणित गर्नु।

साध्नु(२)

(सकर्मक क्रिया [सोध्+नु])
1.
तल्लो तहका संस्था वा व्यक्तिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कामकुरा गर्नुपर्दा माथिल्लो तहका व्यक्ति वा संस्थाको आदेश लिन जाहेर गर्नु।

सम्बन्धित शब्दहरू