सुख
Romanized: sukh, shukha, shukh, sukha
शारीरिक र मानसिक आनन्दको अनुभव; सबै चाँजोपाँजो मिलेर हुने प्रिय वा अनुकूल अनुभूति; आनन्द; हर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शारीरिक र मानसिक आनन्दको अनुभव; सबै चाँजोपाँजो मिलेर हुने प्रिय वा अनुकूल अनुभूति; आनन्द; हर्ष।
२.
परोपकार वा धार्मिक कामबाट हुने आनन्द ।
३.
मनोकामना पूरा हुँदा मनमा हुने खुसियाली; प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव।
४.
सुविधा; सुबिस्ता ।
५.
समृद्धि; उन्नति।
६.
कल्याण; मङ्गल।
७.
निरोगी अवस्था; आरोग्य।