सुसेलो
Romanized: shuselo, sushelo, shushelo, suselo
ओठ गोलो बनाएर पौन खिँच्दै वा सास फेर्दै निकालिने झन्डै बाँसुरी आदिको जस्तो मधुर ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुसु+एलो]
१.
ओठ गोलो बनाएर पौन खिँच्दै वा सास फेर्दै निकालिने झन्डै बाँसुरी आदिको जस्तो मधुर ध्वनि।
२.
सुस्केरा।
३.
हावा वेगले चल्दाको सुइँसुइँ ध्वनि।
४.
सल्ला आदिका पात हावामा बज्दाको सरसर ध्वनि।
५.
खोलो, नदी आदि बग्दाको स्वाँस्वाँ ध्वनि।
६.
गीत वा सङ्गीत (व्यङ्ग्यार्थमा)।