सुहाउनु
Romanized: suhaaunu, shuhaaunu, shuhaunu, suhaunu
कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत शोभा+आउ+नु]
१.
कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु।
२.
एक अर्कासँग बस्दा वा मिल्दा राम्रो देखिनु।
३.
गरेको काम, बोलेको वचन, चलेको चाल, खाएको भोजन, लाएको लुगा आदि गर्ने, बोल्ने, चल्ने, खाने, लाउने क्रिया सुहाउँदोमिल्दो हुनु।
४.
शोभा बढाउने खालको हुनु।