सेलाउनु
Romanized: selaaunu, shelaaunu, shelaunu, selaunu
तातो वस्तु चिसो हुनु; ठन्डा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [शीतल+आउ+नु]
१.
तातो वस्तु चिसो हुनु; ठन्डा हुनु।
२.
जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु ।
३.
(सकर्मक क्रिया)
तातो वस्तु चिसो पार्नु।
४.
देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु।
५.
मृतकको शव जलाउनु; दाहसंस्कार गर्नु। प्रे.क्रि. [सेल्+आउ+नु] सेल्न लगाउनु।