स्थाणु
Romanized: sthaanu, shthaanu, shthanu, sthanu
कुनै रुख ढलेर त्यसको फेदतिर रहेको ठुटो; रुखको ठुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै रुख ढलेर त्यसको फेदतिर रहेको ठुटो; रुखको ठुटो।
२.
खम्बा; स्तम्भ।
३.
टाउको काटेर मुर्कट्टा भएको लास।
४.
एक प्रकारको भाला।
५.
महादेव; शिवजी ।
६.
श्वेतहूण (हेफताल)-वंशी तोरमण, मिहिरकुल आदि विजेताका र तिनका प्रजाका कुलदेवता; थानी।
७.
(विशेषण)
अचल; दृढ; दह्रो।