स्पष्टीकरण
Romanized: spashtikarana, spashtikaran, spastikaran, shpashtikarana
छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम।
२.
कुनै विषयमा केही गरियो वा भनियो भने त्यसको आशयसमेत प्रस्ट गर्ने काम।
३.
कुनै ओहदाका कर्मचारीले बेनियमको काम गरेमा माथिल्ला तहका कर्मचारीले नसिहतका रूपमा लिने लिखित बयान वा विवरण।