हराउनु

Romanized: haraaunu, haraunu

हराउनु (haraaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हराउनु(१)

(सकर्मक क्रिया [हार+आउ+नु])
१..
कुनै प्रतियोगिता वा मुद्दामामिलामा अर्को पक्षलाई परास्त गर्नु, हार गराउनु; जित्नु।
२..
दमन गर्नु; ड्याक्नु।

हराउनु(२)

(अकर्मक क्रिया [हार्+आउनु])
१..
कुनै वस्तु अन्यत्र पुगेर बेपत्ता हुनु; लापता हुनु; गुम्नु।
२..
राखेका ठाउँको वस्तु नदेखिने हुनु, अदृश्य बन्नु; फेला नपर्नु; अलप वा लुप्त हुनु।
३..
टुङ्गो बिर्सनु ।

सम्बन्धित शब्दहरू