हलन्त बहिष्कार

Romanized: halanta bahishkaara, halanta bahishkaar, halanta bahishkara, halanta bahiskaara

प्राचीन र मध्यकालीन वाङ्मयकार एवं साहित्यिक स्रष्टाहरूको पालादेखि उच्चारणका आधारमा राम, विकास, एक आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन र मध्यकालीन वाङ्मयकार एवं साहित्यिक स्रष्टाहरूको पालादेखि उच्चारणका आधारमा राम, विकास, एक आदि शब्दलाई गद्य वा पद्य दुवै विधामा विकल्पले राम्, विकास्, एक् इत्यादि हलन्त रूपमा लेख्ने गरिएकोमा उक्त, वैयक्तिक हलन्त रूप लेखिनु हुँदैन र सक्छन्, भन्छन् आदि क्रियापदलाई सकछन, भनछन आदि रूपमा लेखिनुपर्छ भनी सं. १९६५ मा 'माधवी' पत्रिकाका सम्पादक स्व. राममणि आचार्य दीक्षित र उनका अनुयायीहरूले प्रस्तुत गरेको मत र सो मतसँग सम्बन्धित आन्दोलन।

सम्बन्धित शब्दहरू