हान्नु

Romanized: haannu, hannu

हातहतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत हन्+नु]

१.
हातहतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु।
२.
काठ, ढुङ्गा आदिमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु; ठोक्नु।
३.
घडी, घण्टा आदि बजाउनु।
४.
दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि छाड्नु वा पैसा हार्नु।
५.
स्त्रीसमागम गर्नु।
६.
अर्काले उठाउने लाभमा हानि पुऱ्याएर आफ्नो लाभ वा हुँदो गराउनु।
७.
छिटै हिँड्नु; टाढा मिल्काउनु वा आफल्नु (जस्तो- वेग हान्नु, ढुङ्गा हान्नु, जाल हान्नु इ.)।

सम्बन्धित शब्दहरू