हिँड्नु
Romanized: hindnu, himdnu
खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत हिण्ड+नु]
१.
खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु।
२.
प्रस्थान गर्नु; पहिलेको ठाउँ छाड्नु।
३.
अर्को पोइसँग जानु; पोइल जानु।
४.
मर्नु; नाश हुनु।