हुँदो

Romanized: hundo, humdo

कल्याण; हित; भलो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कल्याण; हित; भलो।
२.
उपकार; भलाइ।
३.
भलाइ, कल्याण वा उपकारका लागि। (उदा.- रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो, तर सफल भएन)।
४.
(नामयोगी) आसपासमा भन्ने अर्थ बुझाउन स्थानवाचक वा कालवाचक शब्दका पछिल्तिर जोडिने शब्द; तिर; तर्फ; हुँदि । (उदा. मङ्सिरहुँदो धान पाक्छ, साँझहुँदो त्यो आउँछ, राम पशुपतिहुँदो बस्छ आदि)।
५.
(विशेषण) हुँदै; भइरहेको। (उदा.- यो काम हुँदो छ)।

उदाहरण वाक्य

  • रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो, तर सफल भएन

सम्बन्धित शब्दहरू