होरो
Romanized: horo
होरो (horo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
होरो(१)
(नाम)
1.
पूजा लगाउँदा पिठामा अबिर मिसाएर पूजा गरिने ठाउँमा कोरिने कलात्मक रेखा; रेखी।
होरो(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
होरो(३)
(नाम)
१..
पुर्पुरो; खप्पर।
२..
भाग्यचक्र; भाग्यरेखा; भाग्य।
३..
हे. होरा।