ॐकार
Romanized: kaara, kaar, kara, kar
अ+उ+म्, यी तीन अक्षर जुटेर बनेको ॐ अक्षर; परमात्मास्वरूप र सर्वत्र व्यापक मानिएको अक्षर। यज्ञ, दान, तप आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अ+उ+म्, यी तीन अक्षर जुटेर बनेको ॐ अक्षर; परमात्मास्वरूप र सर्वत्र व्यापक मानिएको अक्षर। यज्ञ, दान, तप आदि कर्म गर्दा मन्त्रको अगाडि प्रयोग गरिने बीज र वेदको आदिअक्षर।
२.
अव्ययात्मक रूपमा सम्मान, स्वीकृति, गम्भीरता, समर्थन, असलपन, मङ्गलता, बचाउ आदिलाई बुझाउने शब्द।
३.
ब्रह्माको मुखबाट उत्पन्न स्वर।
४.
वेदाध्ययनको आदि र अन्तमा प्रयोग गरिने पवित्र शब्द।