अझ

Romanized: ajh, ajha

अहिलेसम्म; अद्यापि। (उदा.- राम अझ आएको छैन। अझ त्यो कुरा रहस्यमय नै रहेको छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [प्राकृत अज्ज? संस्कृत अद्य]

१.
अहिलेसम्म; अद्यापि। (उदा.- राम अझ आएको छैन। अझ त्यो कुरा रहस्यमय नै रहेको छ।)।
२.
फेरि पनि; अब पनि; अरू पनि। (उदा.- उसले हप्काए पनि अझ उसलाई भेट्ने रहर छ; मलाई अझ पढ्ने रहर छ।)।
३.
तैपनि; त्यसो भए पनि; त्यति हुँदाहुँदै पनि। (उदा.- मैले कति सम्झइ सकें; ऊ अझ मान्दैन।)।
४.
झन्। (पुरस्कार पाएपछि ऊ अझ उत्साहित छ।)।
५.
अटेरलाई सम्झाउँदा वा हप्काउँदा प्रयोग गरिने शब्द। (के गरेको? अझ !)।

उदाहरण वाक्य

  • राम अझ आएको छैन। अझ त्यो कुरा रहस्यमय नै रहेको छ।

सम्बन्धित शब्दहरू