अधिकरण
Romanized: adhikaran, adhikarana
व्याकरणका अनुसार सप्तमी विभक्ति (मा, माथि इ.) ले प्रतिनिधित्व गरेको कारक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणका अनुसार सप्तमी विभक्ति (मा, माथि इ.) ले प्रतिनिधित्व गरेको कारक ।
२.
कुनै सिद्धान्तको विवेचना गर्दा अँगालिने विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष र निर्णय भएको प्रकरण।
३.
प्रकरण वा शीर्षक।
४.
न्याय गर्ने संस्था; अदालत; न्यायालय।
५.
सरकारले कानुनबमोजिम कसैको सम्पत्तिउपर कायम गर्ने अधिकार।