अनन्त

Romanized: anant, ananta

टुङ्गो नभएको; सीमा नभएको; घेउटुप्पो फेला नपर्ने; असीम; हद नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टुङ्गो नभएको; सीमा नभएको; घेउटुप्पो फेला नपर्ने; असीम; हद नभएको।
२.
गन्न नसकिने; अनगन्ती; धेरै।
३.
कहिल्यै नाश नहुने।
४.
साह्रै ठुलो ।
५.
ज्यादै धेरै।
६.
(नाम) ईश्वर ।
७.
अष्ट महानाग (अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख) मध्ये पहिलो नाग।
८.
भाद्रशुक्ल चतुर्दशीका दिन अनन्त भगवान्‌को पूजा गरी प्रसाद रूपमा पाखुरामा धारण गरिने चौध गाँठो पारिएको डोरो।

सम्बन्धित शब्दहरू