अनि
Romanized: ani
समान स्तरका पद, पदावली, वाक्यांश वा वाक्यहरूलाई समयको पूर्वापर क्रम वा तत्कालता जनाई जोड्ने अव्यय; र;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [प्राकृत अण्ण८ संस्कृत अन्य]
१.
समान स्तरका पद, पदावली, वाक्यांश वा वाक्यहरूलाई समयको पूर्वापर क्रम वा तत्कालता जनाई जोड्ने अव्यय; र; त्यसपछि, फेरि; एकपछि अर्को; तब। (उदा.- राम अनि श्याम आए; राम आयो अनि श्याम गयो इ.)।
२.
त्यसैले; पूर्वोक्त कारणले (उदा.- अनि त भनेको त्यसो नगर्नू भनेर!)।
३.
अझ; अझै । (उदा.- ऊ विद्वान् छ, गुणी छ अनि धनी पनि छ।)
उदाहरण वाक्य
- राम अनि श्याम आए; राम आयो अनि श्याम गयो इ.