अनुमान

Romanized: anumaana, anumaan, anuman, anumana

यस्तो होला वा हुन्छ भनी आफ्ना मनले अट्कल्ने वा अन्दाज लगाउने काम; लख; पूर्वअनुभव र आफ्ना समझका आधारमा कुनै… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यस्तो होला वा हुन्छ भनी आफ्ना मनले अट्कल्ने वा अन्दाज लगाउने काम; लख; पूर्वअनुभव र आफ्ना समझका आधारमा कुनै कामकुरा, वस्तु, व्यक्ति, विषय आदिबारे गरिने अन्दाज; भावी कामकुरा आदिबारे गरिएको अडकल।
२.
कुनै वस्तु वा व्यक्ति आदिको परिमाण वा इयत्ताबारे मोटामोटी हिसाब लगाई गरिने अन्दाज। (उदा.- त्यो खसी यति धार्नीको होला भन्ने अनुमान गरिएको छ।)।
३.
पूर्वीय न्यायशास्त्रले स्वीकारेका प्रत्यक्ष, अनुमान, उपमान र शब्द चार प्रमाणमध्ये प्रत्यक्ष साधनद्वारा अप्रत्यक्ष साध्यलाई प्रमाणित गरिने दोस्रो प्रमाण।
४.
कुनै खास अवधिअन्तर्गत विभिन्न शीर्षकमा हुने आम्दानीखर्चको अन्दाज गर्ने काम।

उदाहरण वाक्य

  • त्यो खसी यति धार्नीको होला भन्ने अनुमान गरिएको छ।

सम्बन्धित शब्दहरू