अनुसरण
Romanized: anusaran, anusharana, anusharan, anusarana
कुनै वस्तु, विषय, विचार, कुरा वा व्यक्तिको पछिपछि लाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु, विषय, विचार, कुरा वा व्यक्तिको पछिपछि लाग्ने काम।
२.
कुनै व्यक्ति जुन दिशातर्फ गएको छ त्यसैतर्फ जाने काम।
३.
कसैको आज्ञा वा आदेशको पालन गर्ने र सो आज्ञा, आदेशबमोजिम चल्ने वा आचरण गर्ने काम; ठहर वा निश्चय भएअनुसार गर्ने काम।
४.
अनुकरण; नक्कल; देखासिकी।