अन्तर्गत
Romanized: antargat, antargata
कुनै व्यापक सन्दर्भभित्र पर्ने; कुनै विषय वा प्रसङ्गअन्तर्गत समावेश भएको; कुनै वस्तु, व्यक्ति, विषय आदिका… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै व्यापक सन्दर्भभित्र पर्ने; कुनै विषय वा प्रसङ्गअन्तर्गत समावेश भएको; कुनै वस्तु, व्यक्ति, विषय आदिका अङ्गका रूपमा रहेको; समाविष्ट; सम्मिलित; सामेल।
२.
कसैका मातहत वा तैनाथको; कसैका अधीनमा वा रेखदेखमा रहेको। (उदा.- भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ। साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ। मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन्।)
उदाहरण वाक्य
- भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ। साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ। मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन्।