अपवाद

Romanized: apavaada, apavaad, apawaada, apavad

कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार।
२.
नभए, नगरेका कुराको दोष वा आरोप; झुटो दोष।
३.
व्यापक वा सामान्य नियमभित्र नपरेर त्यसको अतिरिक्त आउने विषयवस्तु वा कामकुरो; सामान्य लक्षणमा नअटाउने कुरो।
४.
झुटो कुरो; असत्य वार्ता।
५.
वेदान्तशास्त्रका अनुसार अध्यारोपको निराकरण। (जस्तो- डोरीमा सर्पको ज्ञान अध्यारोप हो भने डोरीको वास्तविक ज्ञानबाट सर्पको ज्ञानको निराकरण चाहिँ अपवाद हो।)।

सम्बन्धित शब्दहरू