अमल

Romanized: amal, amala

अमल (amal) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अमल(१)

(विशेषण [संस्कृत])
१..
मल नभएको; निर्मल; स्वच्छ।
२..
निर्दोष; निष्कलङ्क; निष्पाप।
३..
साँचो; सच्चा; सत्य।
४..
शुद्ध; पवित्र।

अमल(२)

(नाम [संस्कृत अङ्गुल])
1.
एक औँलाको नापो; अङ्गुल।

अमल(३)

(नाम [अरबी])
१..
सुर्ती; गाँजा; अफिम आदि लागु वस्तु; मादक पदार्थ; नसा; अम्मल ।
२..
लत; बानी; आदत।
३..
मातहतको इलाका; जिल्ला; हाता।
४..
अधिकार; शासन।
५..
व्यवहार।
६..
विजय।

सम्बन्धित शब्दहरू