अष्टमङ्गल
Romanized: ashtamanggala, ashtamanggal, astamanggala, ashtamangala
आठ प्रकारको चोखो र मङ्गलकारी मानिएको चिज (सिंह, साँढे, नाग वा मत्ता, कलश, व्यञ्जन, झन्डा, नगरा वा दमाहा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आठ प्रकारको चोखो र मङ्गलकारी मानिएको चिज (सिंह, साँढे, नाग वा मत्ता, कलश, व्यञ्जन, झन्डा, नगरा वा दमाहा र बत्ती)।
२.
छाती, टाप, पुच्छर, पिठ, जगर सेतो भएको घोडा।
३.
वैद्यशास्त्रमा प्रसिद्ध आठ किसिमका औषधीहरू मिसेर बनाइएको खारिएको घिउ।
४.
व्यवहारमा चलेका आठ शुभकारी चिज (ब्राह्मण, गाई, अग्नि, सुन, घिउ, सूर्य, जल, बाख्रा) को वर्ग।
५.
श्रीवत्स, पुण्डरीक, ध्वजा, कलश, चमर, मत्स्ययुग्म, छाता र शङ्ख गरी आठवटा मङ्गलसूचक चिह्न।