आगम
Romanized: aagama, aagam, agam, agama
कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वा ठाउँमा पुग्ने काम (अर्थागम, समागम इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वा ठाउँमा पुग्ने काम (अर्थागम, समागम इ.)।
२.
कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम (स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि।)।
३.
भेट; प्राप्ति सङ्गम।
४.
आम्दानी; आय।
५.
जन्म; उत्पत्ति।
६.
मूल; निर्गमस्थान।
७.
आउने समय; भविष्य।
८.
तन्त्रशास्त्र।