आदेश
Romanized: aadesha, aadesh, adesha, aadesa
कुनै काम, कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम, कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा।
२.
आज्ञा; अहोट।
३.
सन्देश; खबर।
४.
उपदेश; अर्ती।
५.
गोरखमतानुयायी साधुहरूले नमस्कार गर्दा उच्चारण गर्ने शब्द।
६.
संस्कृत व्याकरणका अनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया; अक्षर परिवर्तन।