आसन
Romanized: aasana, aasan, asan, aashana
आसन (aasana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आसन(१)
(नाम [संस्कृत अशन])
१..
एक प्रकारको सालको रुख; पीत साल; पहेँलो वर्णको कडा काठ; असना।
२..
साज।
आसन(२)
(नाम [संस्कृत])
१..
रहने वा बस्ने ठाउँ; वासस्थान।
२..
बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि)।
३..
बस्ने तरिका वा ढाँचा; बसाइ।
४..
आसनका पद्मासन, सिद्धासन आदि चौरासी प्रकार।