उगाल्नु
Romanized: ugaalnu, ugalnu
बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रुखो गराउनु; उखाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उद्गाल+नु]
१.
बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रुखो गराउनु; उखाड्नु।
२.
पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु हाली उगाल निकाल्नु; उग्लने गराउनु।
३.
सत्यानाश पार्नु; निर्मूल गराउनु।