उत्रनु
Romanized: utranu
धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत उत्तरण+नु]
१.
धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु।
२.
खोला, नदी आदिबाट पार हुनु।
३.
दुःख, पीडा, सङ्कट आदिबाट छुटकारा पाउनु।
४.
झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु।
५.
ऋणबाट मुक्त हुनु; उऋण हुनु; उक्सनु ।