उद्धरण
Romanized: uddharan, uddharana
उठाउने वा उकास्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उठाउने वा उकास्ने काम।
२.
कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार।
३.
खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम।
४.
एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोऱ्याउने काम।
५.
कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश।