ओढ्नु
Romanized: odhnu
जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जिउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जिउ ढाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उपवेष्टन]
१.
जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जिउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जिउ ढाक्नु।
२.
घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु।