कटुवाल

Romanized: katuvaala, katuvaal, katuwaala, katuval

पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोट्टपाल]

१.
पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति।
२.
शाहकालीन जिल्ला प्रशासनको लगभग मुखियासरहको एक पद।
३.
गाउँघरमा उर्दीपुर्वी सुनाउने कामका निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी।
४.
क्षत्री तथा पावैहरूको एक थर। स्त्री. कटुवाल्नी।

सम्बन्धित शब्दहरू