कपास

Romanized: kapaasa, kapaas, kapas, kapaasha

हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कार्पास]

१.
हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो अथवा पहेँलो र अन्त्यमा हल्का रातो, फल झन्डै अफिमको दानु मैं हुने र फल फुटेपछि सिमलका जस्तै भुवा निस्कने तथा सो भुवाबाट कपडा आदिका लागि धागो कातिने एक प्रकारको वनस्पति।
२.
कपासको झै भुवा दिने कुनै पनि वनस्पति। (उदा.- रुखकपास)।
३.
कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा।

उदाहरण वाक्य

  • रुखकपास

सम्बन्धित शब्दहरू