कर्कट
Romanized: karkat, karkata
बाह्र राशिमध्ये चौथो राशि; कर्क राशि; कर्कट राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाह्र राशिमध्ये चौथो राशि; कर्क राशि; कर्कट राशि।
२.
छिपछिपे पानी भईकन ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टाजति भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु; गँगटो।
३.
मालसामान जोख्ने तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको, पल्ला थाली झुन्ड्याइने टुप्पो।