कर्के
Romanized: karke
करकापमा परेको; अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत करक+ए]
१.
करकापमा परेको; अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको।
२.
त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.)।
३.
(नाम)
कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ)।
४.
बाङ्गो, छड्के, टेढो।