कलम
Romanized: kalam, kalama
कलम (kalam) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कलम(१)
(नाम [संस्कृत])
१..
हात्तीको बच्चो; छावा।
२..
उँटको बच्चो; उल्लु।
कलम(२)
(नाम [अङ्ग्रेजी कालम])
१..
स्याहास्रेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड।
२..
पत्रपत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ।
कलम(३)
(नाम [अरबी])
१..
जमिनमा वा अर्को रुखमा सार्नका लागि कुनै रुखको हाँगो काट्ने काम; हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि; बिरुवा, हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम।
कलम(४)
(नाम [संस्कृत])
१..
बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी।
२..
धानको नलजस्तो भित्र प्वाल परेको डाँठ हुने सानो बाँस; एक जातको निगालो, सर।
३..
असारमा रोपेर मङ्सिरमा पाक्ने एक जातको धान।
४..
तस्बिर बनाउने हाते कुची; चित्र लेख्ने साधन।