कल

Romanized: kal, kala

कल (kal) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कल(१)

(नाम [संस्कृत कल])
1.
धेरै पुर्जा जोडेर बनाइएको विभिन्न कामका लागि प्रयोग गरिने साधन; यन्त्र; मेसिन (धान कुट्ने कल, तेल पिँध्ने कल, लुगा सिउने कल, गन्जी बुन्ने कल इ.)।

कल(२)

(नाम [संस्कृत कलह])
1.
कलह; बाझाबाझ।

कल(३)

(नाम [अङ्ग्रेजी])
1.
टेलिफोनबाट हुने वा गरिने कुराकानीका निम्तिको बोलावट वा खबर।

कल(४)

(नाम [संस्कृत])
१..
मानसिक सन्तुष्टि; आन्तरिक शान्ति।
२..
मन; इच्छा।
३..
(विशेषण) अर्थ नबुझिए पनि सुनिरहुँजस्तो मिठो र सुरिलो (कलरव, कलस्वर, कलध्वनि इ.।)।

सम्बन्धित शब्दहरू